संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालका सात प्रदेश मध्ये लुम्बिनी प्रदेश को पहाडी जिल्ला हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्लाको स्थानिय तहको विवरण सहित प्रकाशन गरेको तथ्याङ्क अनुसार जिल्लाको कुल क्षेत्रफल १२३९.०८ वर्ग किलोमिटर अर्थात १२३९०८ हेक्टर रहेको छ तर केन्द्रिय तथ्याङ्कक विभागको आलेखमा भने यस जिल्लाको क्षेत्रफल ११९३ वर्ग कि.मी अर्थात ११९३०० हेक्टर क्षेत्रफलमा रहेको देखिन्छ । त्यस्तै वन सर्वेक्षण तथा अनुसन्धान विभागले सन २०१५ मा प्रकाशन गरेको तथ्याङ्कमा भने जिल्लाको कुल क्षेत्रफल १२३५.७० वर्ग किलोमिटर अर्थात १२३५७० हेक्टर रहेको देखिन्छ । नेपाल राज्यको एकिकरण हुनु अघि बाइसे राज्यहरुको रुपमा रहेका अर्घा र खाँची दुई राज्यलाई तत्कालीन पाल्पा राज्यमा गाभिएको थियो । पछि अञ्चल र जिल्ला विभाजन गर्ने क्रममा अर्घा र खाँची मिलाएर अर्घाखाँची जिल्ला बनाईएको हो ।हालको राजनैतिक विभाजन र नापी नक्शा अनुसार दक्षिणी क्षेत्रमा सीमा विवाद कायम नै रहेको छ । अर्घाखाँची नामाकरणका सम्बन्धमा प्राप्त जनविश्वास अनुसार यस जिल्लाको अर्घा भन्ने स्थानमा रहेको भगवती मन्दिरमा अर्घाको रुपमा दही चढाउँदा देवी निस्किएकीले सो नामबाट अर्घा शब्दको उत्पति भएको हो भन्ने बुझिन्छ । खाँची शब्दको उत्पति भने सरकारले कर उठाउने ठाँउ वा व्यक्तिलाई खजाञ्ची भन्ने प्रचलन रहेकोले त्यसैबाट अपभ्रंस हुन गएको हो भन्ने बुझिन्छ । यसरी यस जिल्लाको नाम अर्घाखाँची रहन गएको भन्ने जनविश्वास रहेको पाईन्छ । सन २०१८ साल सम्म यो जिल्ला गुल्मी जिल्ला अन्तर्गत पर्दथ्यो भने नेपाललाई विभाजन गरे पश्चात यो छुटै जिल्लाको रुपमा स्थापित भयो । एकिकरण पश्चात अर्घा र खाँची दुई राज्यको सिमा विवाद र झैझगडा टुङग्याउन सन्धि सम्पन्न गरेकोले यस जिल्लाको सदरमुकाम रहेको ठाँउको नाम सन्धिखर्क नामाकरण गरिएको जनविश्वास छ ।
डिभिजन वन कार्यालय, अर्घाखाँचीको लक्ष्य वन क्षेत्र, जैविक विविधता, र वनस्पतिको प्रचलित कानून वमोजिम दिगो र सहभागितामूलक व्यवस्थापनबाट वनजन्य वस्तु तथा सेवाको उत्पादन एवं मूल्य अभिवृद्धि र तिनको न्यायोचित वितरण गरी समतामूलक आयआर्जन, रोजगारी तथा जीविकोपार्जन अवसर श्रृजना गर्न टेवा पुर्याउने ।
उद्धेश्य
डिभिजन वन कार्यालय, अर्घाखाँचीको मुख्य उद्धेश्य जिल्ला स्तरमा वन क्षेत्रको समुचित व्यवस्थापन गरी समुदायको वन पैदावारको आवश्यकता परिपुर्ती गर्ने हो भने यसका विशिष्ट उद्धेश्यहरु निम्न अनुसार रहेका छन् ।
कार्यनीतिहरु